दाङ । दाङ देउखुरी सेवा समाज घोराही दाङ नेपालको दोस्रो साधारण सभा तथा अधिबेशन जिल्ला समन्वय समितिको सभाहलमा संस्थाका अध्यक्ष नुमाकान्त सुवेदीको अध्यक्षता सम्पन्न भएको छ । जिल्ला समन्वय समितीका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख अतिथीमा बिशिस्ट अतिथी महिला बिकास अधिकृत मोति कुमारी बिश्वकर्मा , बिशिस्ट अतिथीहरु दाङ देउखुरी सेवा समाज दोहा कतारका संस्थापक अध्यक्ष गणेश प्रसाद बन्जाडे , राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओम प्रकाश गुप्ता, दाङ देउखुरी सेवा समाज दोहा कतारका संस्थापक महासचिव लुमाकान्त पुन मगर, दाङ देउखुरी सेवा समाज दोहा कतारका संस्थापक कोषाध्यक्ष सुर्य सुवेदी , दाङ देउखुरी समाज यु.ए.इ. का संस्थापक सल्लाहकार चित्र नेपाली , दाङ देउखुरी सेवा समाज यु. ए. ई. का संस्थापक कोषाध्यक्ष तेज प्रसाद आचार्य त्यसैगरि, दाङ देउखुरी सेवा समाज दोहा कतारका महासचिव मिनराज पुन मगर , दाङ कोषाध्यक्ष केशव बि एम लगायतको उपस्थिती रहेको थियो ।
दाङ्ग देउखुरी सेवा समाज संस्था घोराहीको दोस्रो साधारण सभाको उपलक्ष्यमा समाजले प्रभातकालिन कार्यक्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहीमा रहेका बिरामीहरुलाई फलफूल बितरण कार्यक्रम गरेको थियो। कार्यक्रम संस्थाका अध्यक्ष नुमाकान्त सुबेदिको नेतृत्वमा कार्यसमिति का पदाधिकारी सल्लाहकार सहित राप्ती स्वस्थ्य बिज्ञान प्रतिस्ठानका प्रशासन अधिकृत रमिता गौतमको सहभगिता थियो।
प्रमुख अतिथि जितेन्द्रमान नेपालीले दाङ्ग देउखुरी सेवा समाजको सकारात्मक सेवाले अरु सामाजिक संस्थाले पनि पाठ सिक्नुपर्ने बताए। दाङ्ग देउखुरी सेवा समाजले गरेका सामाजिक कार्यको प्रसंसा गर्दै आगामी दिनमा समाज सङ्ग सम्बन्ध नजिक बढाउने बिश्वास ब्यक्त गरे। दाङ देउखुरी सेवा समाज संस्था घोराहिको दोस्रो साधारण सभालाई कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे।
आज सम्पन्न दाङ्ग देउखुरी सेवा समाज संस्था घोराहीको दोस्रो साधारण सभा बाट निर्बिरोध निर्बाचित पदाधिकारीहरुको नाम र पद यसप्रकार छ । अध्यक्ष लीलामणि लामिछाने , वरिष्ठ उपाध्यक्ष सुर्य सुवेदी , उपाध्यक्ष शान्त राज गिरि , महासचिव तेज प्रसाद आचार्य, सचिब हर्क बहादुर खड्का , कोषाध्यक्ष सुबास रजौरे , सदस्यहरु युद्ध बहादुर भुसाल, चित्र नेपाली, बलदेव बिश्वकर्मा रहेकाछन् ।
त्यसैगरी, सल्लाहकार समितीहरुमा प्रमुख सल्लाहकार नुमाकान्त सुवेदी, सल्लाहकार गणेश प्रसाद बन्जाडे, लिलाधर आचार्य , प्रतिज्ञा खड्का र धर्म नेपाली रहेकाछन् । सबैलाई स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बलदेव बिश्वकर्मा गरेका थिए।
दाङ्गदेउखुरी सेवा समाजले विभिन्न समयमा संस्थालाई आर्थिक भैतिक र संस्थालाई सल्लाह सुझाव सहित सहयोग गर्ने ब्याक्तित्वलाई सम्मान गरेको थियो। कार्यक्रमलाई सहजीकरण लीलामणि लामिछाने गरेका थिए ।
The post दाङ देउखुरी सेवा समाज नेपालको दोस्रो साधारण सभा तथा अधिबेशन सम्पन्न appeared first on Rajdhani Daily News.