अनलाईन जुवा प्रकरणमा कलाकार राजु मास्टर र बल्छि धुर्बे सहित आठ पक्राउ

वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

उक्त प्रकरणमा कलाकारहरु पनि जोडिएका छन्। कलाकारहरु मरिचमान श्रेष्ठ, राजु मास्टरले चिनिएका राजु पौडेल, म्याकुरी नामले चिनिएका पवन खतिवडा छन्।

उनीहरूसँगै अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, ढुेडु बुढोले चिनिएका सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिएका बेगम नेपाली पनि पक्राउ परेको प्रहरी श्रोतको भनाइ छ।

https://ujyaalonepalnews.com/archives/28260

Previous articleप्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथिको छलफल सुरु
Next articleगण्डकी प्रदेश सरकारले शुक्रबार करिब ३३ अर्बको बजेट ल्याउने तयारी 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।