दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ महानगरभित्र चल्न नदिने मेयर शाहको घोषणा

काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ नामक चलचित्र चल्न नदिने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मेयर शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म सो चलचित्र चल्न नदिने जनाउनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा लेखिएको छ- ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’

https://ujyaalonepalnews.com/archives/28271

Previous article‘किसानलाई उत्पादनको आधारमा अनुदान दिने तयारी छ’
Next articleशैक्षिक मेलामा महानगरको एक्सन, शैक्षिक मेला जारी रहन्छ– हिसान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।