नौ हजार रकम घुससहित वडाअध्यक्ष पक्राउ

बाँके- नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया रु नौ हजार घुससहित पक्राउ परेका छन् ।

शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई रु नौ हजार रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/28328

Previous articleराहदानी विभागले रु पाँच हजारमा पासपोर्ट उपलब्ध गराउने
Next articleटोपबहादुर रायमाझीको सांसद पद निलम्बन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।