टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौं- न्यायिक हिरासतबाट कारागार चलान भएसँगै सांसद टोपबहादुर रायमाझी निलम्बनमा पर्नुभएको छ । प्रतिनिधि सभा नियमावली अनुसार फौजदारी अभियोगमा पक्राउ परेका सांसद पुर्पक्षका लागि थुनामा गए पद स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।

अब अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उहाँले सांसदको हैसियतमा कुनै गतिविधि गर्न र निलम्बित अवधिको पारिश्रमिक र अन्य सेवा सुविधा पनि पाउनुहुने छैन ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले नियमावलीको व्यवस्था अनुसार संसद् सचिवालयमा जानकारी आएपछि संसद्मा जानकारी गराइने बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/28329

Previous articleनौ हजार रकम घुससहित वडाअध्यक्ष पक्राउ
Next articleविश्वका १११ देशमा फैलिसकेको मङ्कीपक्स भाइरसको सङ्क्रमण नेपालमा पहिलोपटक पुष्टि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।