अमेरिकी दूतावासले नेपाली क्रिकेट टोलीलाई भन्यो : शानदार जीतका लागि बधाई

नेपालस्थित अमेरिकी दुतावासले नेपाली क्रिकेट टोलीले अमेरिकी टोलीमाथि आज (बुधबार) कीर्तिपुरमा भएको खेलमा जीत हासिल गरेकोमा बधाई दिएको छ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको हो।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कीर्तिपूरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पुगेर नेपाल र अमेरिकाका राष्ट्रिय क्रिकेट खेलाडीहरू, नेपाल क्रिकेट संघका पदाधिकारी, तथा अन्य सम्बन्धितहरूसँग भेटघाट गरेको दूतावासले जानकारी दिएको छ।

सो अवसरमा दुबै टिमले राजदूत बेरीलाई आफ्नो टिमको जर्सी उपहारस्वरूप दिएका थिए। ‘अमेरिकी टिमलाई यो एकदिवसीय ऋंखलामा सहभागिताको लागि बधाई साथै भविष्यका खेलहरूको लागि शुभकामना। नेपाली टिमलाई शानदार जीतको लागि बधाई,’ दूतावासले जनाएको छ।

RandyBerrywithCricketersकीर्तिपुर क्रिकेट मैदानमा बुधबार खेलाडीहरुसँग तस्बिर खिचाउँदै राजदूत बेरी। तस्बिर : अमेरिकी दूतावास फेसबुक

त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको थियो। पारस खड्का २० र दिपेन्द्रसिंह ऐरी १५ रनमा नटआउट रहे। १२ बलको सामना गरेका पारस खड्काले १ छक्का र ३ चौका हाने। दिपेन्द्रले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।

लेग स्पिनर सन्दीप लामिछाने र सुसन भारीको घातक बलिङमा नेपालले ३६ रनको झिनो लक्ष्य पाएको थियो।

त्रिवि क्रिकेट मैदानमा नेपालका सन्दीप लामिछानेले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिए।

एक दिवसीय ऋङ्खलामा अमेरिकाले दिएको याे सबैभन्दा कमजोर लक्ष्य हो। यसअघि सन २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो। जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो।

जापानको पानीजहाजभित्र क्वारेन्टाइनमा रहेका ११९ भारतीयसँगै १ नेपालीको पनि उद्धार

Previous articleजेल सजाय सुनाइएपछि पूर्व जेलरले अदालतमै गरे आत्महत्या
Next articleब्रिटिस दूतावासले उचाल्यो ट्रफी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।