Home Uncategorized जनप्रतिनिधिले गरे विपन्न विद्यार्थीलाई सहयोग

जनप्रतिनिधिले गरे विपन्न विद्यार्थीलाई सहयोग

धादिङ- पहिलो पटक धादिङमा एक जन प्रतिनिधिले आफुले पाएको तलव भत्ताबाट आफ्नो स्थानीय तहमा भएका गरिव र जेहन्दार विद्यार्थीहरुका लागि विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेका छन।

 धादिङको नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर-३का वडा अध्यक्ष राजकुमार श्रेष्ठलले आफ्नो स्थानीय तहमा भएका गरिवीका कारण विद्यालय शिक्षाबाट बञ्चत हुने अवस्थामा रहेका  बालवालिकाहरुलाई  झोलासहित विद्यालय पोशाक र एक वर्षका लागि आवाश्यक  सबै शैक्षिक सामग्री प्रदान गरेका हुन ।

पहिलो चरणमा आफ्नो वडामा रहेका सामुदायिक  विद्यालयमा अध्ययनरत बालवालिका जस्ले विद्यालयमा शिक्षाका लागि आवाश्यक शैक्षिक सामग्री समेत खरिद गर्न नसक्ने अवस्थाका छन् उनीहरुका लागि सहयोग गरिएको श्रेष्ठले बताए ।

विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ५५ जना बालवालिकाहरुलाई पहिलो चरणमा छात्रबृत्तिसमेत दिइएको छ । जसका कारण विद्यालय उमेरका बालवालिकाहरु गरिवीका कारण विद्यालय छाड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

नीलकण्ठ नगरपालीकाले गरिव र दलित विद्यार्थीहरुका लागि प्रदान गरिने छात्रावृत्तिमा समेत आनाकानी गरिरहेको वेला वडा नम्वर- ३ ले भने वडा अध्यक्षकै  सक्रियतामा वडा अध्यक्ष अक्षय कोषसमेत स्थापना गरेको छ ।

सो कोषमा यसै  वर्ष स्थानीयलगाएत वडा अध्यक्षले पाउने एक वर्षसम्मको तलवभत्ता स्वरुपको रकम गरी एघार लाख संकलन भैसकेको छ भने नीलकण्ठ नगरपालिकाका स्थानीयको सक्रियतामा सो कोषमा अब पचासलाख पुर्‍याइने लक्ष्य राखिएको छ।।

https://ujyaalonepalnews.com/archives/28381

Previous articleउद्धार गरिएकी बालिकाको मृत्यु
Next articleबागमतीको बजेटमा रत्ननगर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।