बागमतीको बजेटमा रत्ननगर

निराजन घिमिरे, रत्ननगर- बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले गत शुक्रबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरे। कुल विनियोजनमध्ये चालूतर्फ रु.२६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पूँजीगततर्फ रु.३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ रु.५० करोड विनियोजन गरिएको छ जुन चालूतर्फ ४२.५८ प्रतिशत, पूँजीगततर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत छ।

विनियोजित बजेटको विषयगत मन्त्रालय र निकायबाट माग गरिएको आधारमा कार्यक्रम र योजनाहरु वितरण  गरिएको छ । वितरित कार्यक्रम र योजनामा मध्ये रत्ननगरमा सानाठूला गरि  ७० ओटा जति कार्यक्रम तथा योजनाहरु वितरण गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा निकै कम हो ।

आर्थिक माामिला तथा योजना मन्त्रालयले प्रकाशन गरेको “विषयगत मन्त्रालय र निकाय अनुसारको कार्यक्रम विवरण २०८०-०८१ ” नामक पुस्तकमा उल्लेख भए अनुसार रत्ननगर-बकुलहर अस्पताललाई भवन निर्माण, विभिन्न सेवा विस्तार, फर्निचर खरिद, औषधी खरिद लगायतको शिर्षकमा छ करोड भन्दा बढी रकम विनियोजन भएको छ । त्यसैगरी रत्ननगरमै रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको लागी पनि भवन निर्माण, औषधी खरिद, सरकारी कर्मचारीहरुको लागी तनाब व्यवस्थापन तालिम लगायतको शिर्षकमा साढे तिन करोड बढी रकम विनियोजन भएको छ ।

यसैगरी रत्ननगरमै रहेको आयुर्वेद औषधी उत्पादन केन्द्रको लागी उपकरण खरिद, भवन संरचनात्मक सुधार, जडिबुटी उत्पादन लगायतको शिर्षकमा एक करोड साठी लाख रकम विनियोजन गरिएको छ । यस्तै  टाँडी चोकबाट उत्तर सुब्बाचोक- डुम्रीचोक- भट्टचोक हुँदै दिगदर्शन चोक सम्म दायाँबायाँ नाला, फुटपाथ र साईकल लेन सहितको सडक निर्माण ५० लाख, रत्ननगरमा खानेपानी पाईप विस्तार २० लाख  (खानेपानी संस्था नखुलेको), रत्ननगर १३,१४,१५,१६ सिंचाई वोरिंग निर्माण १० लाख, रत्ननगर १४,१५,१६ पिठुवा सिंचाई कुलो लाईनिंगको लागी १० लाख रकम विनियोजन गरिएको छ ।

रत्नागरको वडा नं. १ मा रहेको बकुलहर मावि स्वच्छ खानेपानी व्यवस्थापनको लागी ५ लाख  र आयुर्वेदिक अस्पताल सडक २० लाख, रत्ननगर ३ मा बेलसी हुँदै फसेरी जाने सडक कालोपत्रे १० लाख, बुढीराप्ती ढुंगानाखेत तटबन्धन कार्य १० लाख, क्रसिंग बाटो कुलो निर्माणको लागी १० लाख विनियोजन गरिएको छ । यस्तै रत्ननगरको वडा नं. ४ मा भेटघाट टोल क्रेट फ्याक्ट्री, पानी फ्याक्ट्री फेकुवा सडक २० लाख विनियोजन गरिएको छ ।

यो पटक रत्ननगरको वडा नं. ५  मा सबैभन्दा बढी १४ वटा योजनाहरु वितरण गरिएको छ । मन्त्रालयका अनुसार रत्ननगर ५ मा झुवानी मावि ( दृष्टिविहिन) मोजाईक टायल बिछ्याउने कार्य २० लाख, दुग्ध विविधिकरण आयोजना जाने सडक देखि नारायण तिमल्सिनाको घर हुँदै सौराहा जाने सडक २० लाख, टरौली देखि झुवानी हुँदै सौराहा जाने सडक २० लाख, जनकौली मन्दिर देखि निड्स पुल हुँदै सौराहा जाने सडक २० लाख, बजार कुलो टरौली जाने सडक ३० लाख, वडा कार्यालय देखि छतिवन कृषि सडक हुँदै थापा चोक सडक ३० लाख, झुवानी मावि भवन मर्मत १० लाख रत्ननगर ५ र खैरहनी १३ ढुंग्रे खोला पुल १ करोड, सडक स्तरोन्नति तथा ढलान २० लाख, जनकौली बछौली ब्रम्हास्थान मन्दिर १० लाख, विन्दवासिनी मन्दिर १० लाख, चिडियाखान मुहानबाट धुंगी विमिराघाट सम्म कुलो मर्मत २० लाख, रत्ननगर ५ र ६ बछौली कुलो लाईनिंग १० लाख, रत्ननगर ५ र ६ गैरीपानी फोका विश्राम चौधरीको खेतको दोभानबाट मन्दिरसम्म कुलो लाईनिंग को लागी १० लाख विनियोजन गरिएको छ ।

यस्तै रत्ननगर ६ को लागी रामचन्द्र अधिकारी घरछेउ पक्कि घोल निर्माण २० लाख, डेन्टल चोकबाट कृतन सापकोटाको घर तर्फ जाने सडक २० लाख, वन्यजन्तु अवलोकनको लागी ताल तलैया संरक्षण तथा घाँसे मैदान व्यवस्थापन २५ लाख
गणेश मन्दिर १० लाख, थारु म्युजियम तथा रिसर्च सेन्टर २० लाख,  प्रहरी चौकी निर्माण १ करोड ७५ लाख
बछौली चौधरी टोल नाला निर्माण १० लाख,  बुढीराप्ती सिंचाई आयोजना १० लाख, बछौली दोरंगी सिंचाई आयोजना ५० लाख,  सौराहा तटबन्धनलाई १५ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी रत्ननगर ७ मा पडरिया देखि मैनाहाको पानी ट्यांकी जाने सडक २० लाख, रत्ननगर ७ बाघमारा मध्यवर्ती सामुदायिक वन, क्यानोपी वाकिंग पूर्वाधार निर्माण ५० लाख, रत्ननगर ७ राप्ती खोला किनार तटबन्धन १० लाख, रत्ननगर ७ काली राप्ती खोला किनार तटबन्धन १० लाख विनियोजन गरिएको छ । उता रत्ननगर ८ मा यो पटक एउटा मात्र योजना परेको छ । मन्त्रालयको अनुसार वडा नं. ८ मा बुढीराप्ती खोला नियन्त्रण १० लाख विनियोजन भएको छ ।

रत्ननगर वडा नं. ९ को लागी ओझा चोक कापरफोरी सडक २० लाख, सिचाई गेट हुँदै कपरफोरी सडक २५ लाख, मोहना आमा समूह भवन २० लाख, लालपर्सा घाटमा कजवे निर्माण २० लाख, पन्चकन्या १ र २ नं. शाखा विचको नहर क्रशिंग देखि भुपेन्द्र अधिकारी, सिता पौडेल घर हुँदै जाने सडक २० लाख र जानकीटोल चन्दा ओझाको घर हुँदै बेल टाँडी जाने सडकको लागी २० लाख रकम विनियोजन भएको छ ।

यस्तै रत्ननगर १० को लागी गोपाल पराजुलीको घरदेखि शिवकान्त पौडेलको घर हुँदै केशव कडरियाको घर सम्म सडक ३० लाख, कृष्ण मन्दिर देखि मैभवले टोल सम्मको सडक २५ लाख, मंजु आचार्यको घरदेखि दक्षिण तर्फ राजमार्ग सम्म कालोपत्रे १० लाख, शिवालय मन्दिर १० लाख, पिपनी वैरिया सडकको लागी २० लाख बजेट विनियोजन भएको छ । त्यसैगरी  रत्ननगर ११ मा ओझा चोकदेखि नमस्ते चोक सम्म सडक २० लाख, रत्ननगर ११ र १२ डम्पिङ साईट नजिक खोला संरक्षण १० लाख रकम विनियोजन भएको छ ।

उता रत्ननगर १२ मा वडा कार्यालय देखि श्रीमल चोक सम्म सडक २० लाख, ज्ञानेन्द्र त्रिपाठी मार्ग २० लाख, जयमंगला बाट जमुनापुर जाने सडक आशिष मार्ग २० लाख, जमुनापुर हेल्प सोसाईटी भवन २० लाख, एनसीसी देखि सात ढ्वांग खोला सम्म खोला किनार संरक्षण १० लाख र पंचदिप आधारभूत विद्यालय भवनको लागी ३० लाख बजेट विनियोजन भएको छ । यसैगरी रत्ननगर १३ मा पन्चकन्या मावि भवन ३० लाखको एउटा मात्र योजनाको लागी विनियोजन भएको छ ।

यस्तै रत्ननगर १४ मा केदार अधिकारीको घरदेखि ऋषिराम प्रजाको घर हुँदै कायर खोला जाने सडक २५ लाख,  रत्ननगर १४-१६ जनजागृति मावि बाट उत्तर योगराज मार्ग २० लाख र पिठुवा भित्री बस्ती देखि वीर बहादुर सिंजालीको घर अगाडी सम्म सडक २० लाख गरि ६५ लाखको योजना वितरण गरिएको छ ।

त्यसैगरी रत्ननगर १५ मा माधवपुर मावि शौचालय निर्माण १० लाख, सुनिता वि,कको घरदेखि भद्रकाली मन्दिर सम्म कुलो मर्मत १० लाख र अमिलिया घोल मर्मत दीपज्योति टोलको लागी १० लाख विनियोजित भएको छ भने रत्ननगर १६ को लागी  धर्मथापाको घर देखि भद्रकाली मन्दिर सम्म सडक २० लाख र भद्रकाली मन्दिर पूर्वाधार निर्माण १० लाखको लागी गरि जम्मा ३० लाख रकम विनियोजन भएको छ ।

(बागमती प्रदेशको आर्थिक माामिला तथा योजना मन्त्रालयले प्रकाशन गरेको “विषयगत मन्त्रालय र निकाय अनुसारको कार्यक्रम विवरण २०८०-०८१ ” नामक पुस्तकमा आधारित)

 

 

https://ujyaalonepalnews.com/archives/28382

Previous articleजनप्रतिनिधिले गरे विपन्न विद्यार्थीलाई सहयोग
Next articleएमालेमा रहने गौतमको इच्छा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।