एमालेमा रहने गौतमको इच्छा

काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा (एमाले)मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गर्नुभएको छ ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज  भएको  भेटमा सांसद गौतमले  आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।
भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको जानकारी पनि विष्टले दिनुभयो । एमालेले ७० वर्ष उमेर हद हटाएपछि राष्ट्रियसभाका सदस्य गौतम पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न पार्टी केन्द्रीय कार्यालयमा पुग्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/28383

Previous articleबागमतीको बजेटमा रत्ननगर
Next articleबाढी पहिरोमा परी तीन जिल्लामा ११ जना बेपत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।