ध्वजे डाँडामा विश्वका बिभिन्न २२ देशको झन्डा

धनकुटा- पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ । गाउँपालिकाले एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ ।

झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिनुभयो । आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने उहाँले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयको रु पाँच लाख, गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागितामा उक्त झन्डा राखिएको हो । सूर्योदय हेर्न र घरबास सेवा (होमस्टे)का लागि प्रख्यात यो स्थान समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको छ ।

पूर्वी नेपालका हिमाल, पहाड र तराईका दृश्यहरू हेर्न सकिने ध्वजे डाँडा पूर्वी नेपालको सीमाङ्कनमा अक्षांश र देशान्तर निर्धारण गर्नका लागि आधार मानिन्छ ।

कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय; हितेन्द्र शाक्य नियुक्त

Previous articleबहाल कर सङ्कलनमा उब्जिएको अन्योल हटाउन सङ्घीय सरकारलाई शाहको आग्रह
Next articleएकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।