गाँजाको प्रतिबन्ध फुकुवा गर्न सांसद कार्कीको माग

विराटनगर, २९ माघ । एक नम्बर प्रदेश सांसद बिमल कार्कीले लागू औषध गाँजाको खेती प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन ।
बुधबार एक नम्बर प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै सांसद कार्कीेले गाँजा खेतीले प्रशस्त आम्दानी हुने भएकोले खेती प्रतिबन्ध फुकुवा गर्न माग गरेका हुन ।
सांसद कार्कीले एक नम्बर प्रदेशको उदयपुर ,धनकुटा लगायतका जिल्लामा मनग्ग गाँजा खेती फस्टाउने गरेको र निर्यात गरेर प्रशस्त आम्दानी गर्न सकिने भएकोले प्रतिबन्ध फुकुवा हुनुपर्ने बताए । उनले कानुनले प्रतिबन्ध लगाए पनि र बोटहरु खेतमै गएर नष्ट गरेपनि नियन्त्रण हुन नसकेको भन्दै कृषकहरुलाई गाँजा खेती गर्न दिनुपर्ने माग गरे ।
लागू औषध ऐनले गाँजाको खेती , सेवन , र आयात निर्यातलाई गैरकानुनी भनेको छ । कानुन उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउ गरेर कार्वाही चलाउदै आएको छ । गाँजाको खेती र कारोवार गर्नेहरुलाई दश बर्षसम्म कैद सजायको कानुनमा व्यावस्था छ ।
सांसद कार्कीले नेपालमा उत्पादन हुने घरेलु मदिरालाई पनि प्रतिबन्ध गर्न नहुने बरु उद्योगको रुपमा बिकास गरेर उत्पादन बिक्रि बितरण गर्नुपर्र्न माग गर्दै आएका छन ।

The post गाँजाको प्रतिबन्ध फुकुवा गर्न सांसद कार्कीको माग appeared first on Koshi Online.

‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्व डिआईजी खरेल अलग्गिए

Previous articleनेहा र आदित्यको विवाह चर्चा चलिरहदा उदित नारायणको यस्ताे खुलासा
Next articleसिन्धुपाल्चोकमा भेटियो कोरोनासँग मिल्ने लक्षण, विरामीको संख्या २०१ पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।