![](https://ujyaalonepalnews.com/wp-content/uploads/2024/03/news-ad.jpg)
काठमाडौं- चौधौं संस्करणको दक्षिण एशियाली फुटबल (साफ) च्याम्पियनशीप आजदेखि भारतको बेंगलुरुमा सुरु हुँदैछ ।
उद्घाटन खेलमा नेपालले आज आमन्त्रित राष्ट्रको रुपमा सहभागी भएको आफूभन्दा निकै बलियो टोली कुवेतसँग सामना गर्दैछ । आजको खेल दिउँसो ३.४५ बजेबाट बेंगलुरुस्थित कान्टेराभा स्टेडियममा खेलिंदैछ ।
नेपालले हालसम्म कुवेतसँग नौवटा खेलहरु खेलेको छ । जसमध्ये आठ खेलमा हार व्यहोर्दै एक खेलमा भने गोलरहित बराबरीमा रोक्न सफल भएको छ । नेपाललाई समूह चरण पार गर्ने यात्रा निकै कठिन छ ।
नेपाल रहेको समूह ए मा साविक विजेता भारतसँगै फिफा निलम्बनबाट भर्खर फर्किएको पाकिस्तान र कुवेत रहेका छन् । समूह बीमा भने बंगलादेश, भुटान, मल्दिभ्स र आमन्त्रित लेबनान रहेका छन् ।
नेपालले आज चार दशकपछि फेरी एकपटक भारतीय भूमिमा कुवेतसँग सामना गर्न लागेको हो । नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले प्रि पोष्ट म्याच कन्फ्रेन्समा नेपाली खेलाडीहरुले राम्रो नतिजा निकाल्न सकरात्मक भएको कुरा उल्लेख गरेका छन् । आजको दोस्रो खेल समूह ए बाट भारत र पाकिस्तानबीच आमनेसामने हुँदैछन् ।
https://www.ujyaalonepalnews.com/archives/28462
![](https://ujyaalonepalnews.com/wp-content/uploads/2024/03/सक्षम-र-सवल-प्रदेशसुनिश्चित-अधिकार-अनलाईनका-लागि900x100-1.gif)