हवाई यात्राको भाडा घट्यो

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई यात्राको भाडा घटाएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा रु पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको भाडा रु ९० ले घटेको छ ।

यसैगरी काठमाडौँ–भद्रपुरको रु तीन सय, काठमाडौँ–विराटनगरको रु दुई सय ४०, काठमाडौँ–धनगढीको रु चार सय ४५, काठमाडौँ–नेपालगञ्जको रु तीन सय २५, काठमाडौँ–भैरहवाको रु दुई सय १० र काठमाडौँ–सुर्खेतको भाडा रु तीन सय ४५ ले घटेको छ । मङ्गलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर रु १० ले कम गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/28487

Previous articleउपप्रधानमन्त्री खड्का र अस्ट्रेलियाली राजदूतबीच भेट
Next articleसाउन १ गतेदेखि काठमाडौँमा प्लाष्टिकको प्रयोगमा निषेध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।