खुशीको खबर: विदेशमा दु:ख पाएका नेपालीको उद्दार सुरु; भोलि २०० जना आउंदै

खुशीको खबर: विदेशमा दु:ख पाएका नेपालीको उद्दार सुरु; भोलि २०० जना आउंदै

काठमाण्डौ – विदेशमा दुःख पाएका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । शुक्रबार बर्मामा रहेका २६ जना नेपालीलाई स्वदेश फर्काउने तयारी भएको हो । काम नभएर त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकलाई नेपाली दूतावासको पहल र बर्माको सरकारको सहयोगमा नेपाल फर्काउन लागिएको हो ।

यस्तै, यूएईबाट पनि शुक्रबार नै प्राथमिकताको आधारमा केही नेपालीलाई स्वदेश ल्याइने सम्भावना रहेको छ । अहिले त्यस विषयमा छलफल भइरहेको र साँझसम्ममा यसबारे टुङ्गो लाग्ने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

 

‘तयारी भइरहेको छ, साँझसम्म निश्चित हुन्छ’ राजदूत ढकालले भन्नुभयो, ‘भोलि यहाँबाट पनि फर्कने सम्भावना छ, नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा लिस्ट बनाएका छौं, त्यसको आधारमा उडान भएमा झण्डै १७० जना यहाँबाट फर्कनुहुनेछ ।’ यूएईमा २१ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये १८ हजार ७ सय ७२ जनाले स्वदेश फर्कन इच्छा राखेका छन् ।

सरकारले यसअघि नै विदेशमा अति नै समस्यामा परेका नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय गरिसकेको छ । खाडी, मलेसिया र अरु देशमा रहेका नेपाली दूतावासले फर्कने नेपालीको विवरण संकलन र समन्वयको काम गरिरहेका छन् ।

डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्रे

Previous articleदा’गबत्ती दिन लागेको श’व प्रहरीले उठायो: श्रीमान् प’क्राउ अरु फ’रार
Next articleआज २०७७ साल जेठ २३ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।