रत्ननगरका भित्रि सडकमा मोजाईक टायल र ढलान

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० ले एक बर्षको अवधिमा  पूर्वाधार विकास संगै शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनमा जोड दिएको छ । छ मिटर सम्म चौडाई भएका मुल सडक कालोपत्रे गरेको सो वडाले सो भन्दा कम चौडाईका भित्री सडकहरूमा  मोज्याक टायल र ढलान गरेको हो । प्रदेश, नगर र वडा स्तरिय वजेट बाट एक बर्षको अबधिमा १० वटा सडक कालोपत्रे गरिएको वडाध्यक्ष कलाधर पौडेलले जानकारी दिए ।

सो अबधिमा वडा भित्र तीन वटा सडक ढलान तथा पाँच वटा सडकमा मोज्याक टायल विच्छ्याईएको छ । नमुना टोलमा रहेको चौधरी बस्तीमा ९५ मिटर सडकमा मोज्याक टायल लगाइएको छ । साढे तीन लाखको लगानीमा सो सडकमा मोज्याक टायल लगाइएको हो । त्यस्तै शिवनगर टोलमा एउटा ९५ मिटर र अर्काे ५० मिटर गरि दुई वटा सडकमा सात लाखको लगानीमा मोज्याक टायल लगाइएको छ । हरिहर टोलमा ५० मिटर र श्रीकृष्ण टोलमा साढे तीन लाखको लगानीमा १०५ मिटर मोज्याक लगाइएको छ । त्यसैगरी माया केसीको घरबाट डिल्लीराम पोखरेलको घर सम्म ११० मिटर सडक ढलान गरिएको छ ।

साढे ६ लाखको लगानीमा ढलान गरिएको हो । श्रीप्रभात टोलमा साढे ११ लाखको लगानीमा २५० मिटर सडक ढलान गरिएको छ । कैलाश टोलमा १४ लाखको लगानीमा २३० मिटर सडक ढलान गरिएको छ । बैरियामा खोप केन्द्र र पशुसेवा केन्द्र सञ्चालन गरिएको छ । नमुना टोलमै चौधरी बस्तीका विपन्न परिवारको आयआर्जनको लागि ३१ परिवारलाई ३२ वटा बाख्रा वितरण गरिएको र त्यहाका बासिन्दाले व्यवसायिक रुपमै बाख्रापालन सुरु गरेको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

कृष्णसार संरक्षण केन्द्रमा खनिएको बोरिंग बाट न निस्किएको पानी

सोही वडा अन्तर्गत पर्ने टिकौलीमा कृष्णसार राख्न पूर्वाधार निर्माण गरिएको छ भने हरियाली पार्क निर्माण र पञ्चनदी तटबन्धन गरिएको छ । कृष्णसार राख्न प्रदेश सरकारको ४२ लाखको लगानीमा पूर्वाधार निर्माण गरिएको हो । प्रदेश सरकारकै ४० लाख लगानीमा हरियाली पार्क र नदी तटबन्धनको काम भइरहेको छ । अबको एक महिना भित्र बर्दियाबाट कृष्णसार ल्याउने गरी तयारी अन्तिम चरणमा पुगेको वडाध्यक्ष पौडेलले बताए ।

सोही ठाउँमा पोखरी निर्माण गरेर मोटरबोट सञ्चलनको तयारी गरिएको छ । त्यसका लागि नगरपालिकाले एक करोड र केन्द्र सरकारले एक करोड २० लाख विनियोजन गरेको छ । श्रीकृष्ण प्रणामी मन्दिर टिकाैलीमा नगर स्तरीय बजेटबाट मोज्याक टायल लगाइएको छ ।

बैरिया माविमा शिक्षाको गुणस्तर सुधार र प्रविधिक शिक्षाको लागि वडा कार्यालयले विभिन्न कामहरु गरेको छ । नगर स्तरीय योजना अन्तर्गत १२ लाख पर्खाल, ५ लाख पशु गोठ, ३ लाख बाल विकास र ४ लाख सामाजिक ल्याब तथा वडा स्तरीय बजेटबाट सो विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक व्यवस्थापनको काम गरिएको छ । त्यसका लागि वडाले सात लाख रुयैया लगानी गरेको छ ।

सोही विद्यालयमा स्कुल बस खरिदका लागि १५ लाख रूपैया प्रदान गरिएको वडा सचिव सुरेन्द्र चौधरीले जानकारी दिए । सो वडामा एक बर्षको अबधिमा संघ,प्रदेश र स्थानीय सरकारको गरी करिब ५ करोडको काम भएको छ । कृषि र पशुपालनको विकासको लागि किसानहरुलाई अनुदान रकम प्रदान गरिएको छ । विहीबार वडा कार्यालयले पत्रकार सम्मेलन गरि एक बर्षको अबधिमा भएको विकास निर्माणको भौतिक प्रगतिबारे जानकारी गराएको हो ।

भोलि सार्वजनिक बिदा

Previous articleआईसीसी विश्वकप क्रिकेटमा आज नेपालले वेस्ट इन्डिजसँग पहिलोपटक प्रतिस्पर्धा गर्दै
Next articleधुलिखेलको बजेट एक अर्ब १५ करोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।