Home Uncategorized साफ च्याम्पियनसिप फुटबल: नेपाल र भारत प्रतिस्पर्धा गर्दै

साफ च्याम्पियनसिप फुटबल: नेपाल र भारत प्रतिस्पर्धा गर्दै

काठमाडौं- भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत साविक उपविजेता नेपालले आज दोस्रो खेलमा सावकि विजेता भारतसँग खेल्दैछ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपाल र भारतबीचको खेल राती पौने ८ बजे सुरु हुनेछ । सेमिफाइनल यात्राको सम्भावना कायमै राख्न नेपाललाई शतप्रतिशत जित आवश्यक छ ।

हेड टु हेडका आधारमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । यसै प्रतियोगीताको पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो ।

समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तानलाई हराएको भारत शीर्ष स्थानमा रहेको छ । ८ राष्ट्रको सहभागिता रहेको साफमा नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा आगामी मंगलबार पाकिस्तान विरुद्ध खेल्नेछ ।

https://ujyaalonepalnews.com/archives/28553

Previous articleविश्वकप क्रिकेट छनोटः आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, दुवै टीमलाई जित्नैपर्ने दबाब
Next articleप्रेस युनियन नेपाल टेलिभिजनको अध्यक्षमा ममता कोइराला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।