शक्ति राष्ट्रहरुको नजर नेपाल तिर, रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै

छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।

पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ ।

‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रुस) बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले भन्यो ।

नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रुसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

भिमकाली सहकारी पदमपुरको नवौँ वार्षिक साधारणसभा
Previous articleExclusive Video: धुर्बे हात्तीको चितवनमा यस्तो वितण्डा
Next articleआज २०७६ मङ्सिर ६ गते शुक्रबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।