Home Uncategorized साउदीको जेद्दामा गोली चल्दा नेपाली सुरक्षाकर्मीको मृत्यु

साउदीको जेद्दामा गोली चल्दा नेपाली सुरक्षाकर्मीको मृत्यु

साउदी अरेबियाको बन्दरगाह सहर जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डसहित दुई जनाको मृत्यु भएको छ । अमेरिका र साउदी अरेबियाका अधिकारीहरूले घटनाको पुष्टि गर्दै आक्रमणको अनुसन्धान जारी रहेको बताएका छन् ।

मक्का क्षेत्रका प्रहरीका प्रवक्ताले अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । सोही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरा समाचार संस्थाले जनाएको छ ।

सो घटनामा अमेरिकी नागरिकलाई भने केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28695

Previous articleस्वास्थ्य विमामा घट्यो आकर्षण
Next articleप्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।