कापी किन्न १८० लिएर घर बाट निस्किएकी छोरी १२ वर्ष हुँदा पनि घर फर्किनन्: खोज्न सहयोग गरिदिन बाबुको आग्रह

कापी किन्न १८० लिएर घर बाट निस्किएकी छोरी १२ वर्ष हुँदा पनि घर फर्किनन्: खोज्न सहयोग गरिदिन बाबुको आग्रह

झापा दमकका मोहन भण्डारी प्राय भेटने मान्छेलाइ आपनो साथमा रहेको तस्बिर देखाउदै भन्छन यो मेरी छोरी हो तपाइले कतै देख्नु भएको छ ? सबैको जबाफ कतै नदेखेको आउछ । भण्डारी निराशा हुन्छन तर पुन: आफनो कामलाई निरन्तरता दिन्छन । भण्डारीले आफनी छोरि कस्तुरीको खोजि गरेको ११ वर्ष पुरा भएर १२ बर्ष लाग्यो तर भेटाउन सकेका छैनन् । नेपाल र भारतका प्राय अधिकांश स्थानमा पुगेर खोजि गरिसकेका भण्डारीले कस्तुरी भेटाउने लाई आकर्षक उपहार दिने भन्दै स्थानीय तथा राष्ट्रिय बिज्ञापन पनि बनाउन लगाए तर कतै काम भएन !

११ वर्ष अगाडी कक्षा १२ को अर्थशास्त्र बिषयको परिक्षा दिने क्रममा केन्द्राध्यक्षले चिट सारेको भन्दै परिक्षा हलबाट निकालिदिएपछि बहकिएकी कस्तुरी घर पुगेर आमा पवित्रालाइ कपि किन्न जाने भनेर हातमा नगद १८० मात्र बोकेर हिडेकी थिईन्। ज्योतिषलाई हेराउँदा घर बाट पश्चिम दिशामा गएको छ भन्ने थाहा पाए पछी छोरीलाई खोज्न उनि युएई सम्म पनि पुगे ! युएई गएर ट्याक्सी ड्राईभर बनेर आफ्नी छोरीको खोजि गरेका उनि त्यहाँ बाट पनि निराश भई फर्कनुपर्यो !

थोरै बोल्ने गहुगोरी गोलो अनुहार भएकी कस्तुरी ५ फिट उचाइकी थिईन् ! समाजका मान्छेले भनेका हरेक उपाए अपनाई सकेका भन्डारीले अझै छोरी कस्तुरिलाई माया मार्न सकेका छैनन् ! छोरी हराएको ११ वर्ष पुरा भएर १२ वर्ष लागेको दिन हिजो उनले आफ्नो सामाजिक संजालमा एउटा पोष्ट राख्दै उनले आफ्नो छोरीको खोजीको लागी सहयोग गरिदिन अनुरोध गरेका छन् ! उनको आग्रह यस्तो छ !

अाज बैशाख २२ गते मेरो लागि कालो दिन , मेरी छोरी कस्तुुरी भण्डारी २०६६ साल बैशाख २२ गते मंगलबार को दिन कक्षा १२ को अर्थशास्त्रको परीक्षा दिन घर बाट बिहान ७ बजे सबै सग हाँसेर बाई गर्दै बिदा भएर परीक्षा दिन हिडे पछि अाज का दिन सम्म मैले कहि कतै देखेको छैन खोजि कार्यमा कमि कम्जोरी गरे भनौ भने नेपालको लगभग सबै भाग ,भारत र दुबई सम्म पुगेर खोजे ।

रेडियो , टिभि , पत्रपत्रिका समाजिक संजाल का साथै विभिन्न सामाजिक संघ सस्थाको सहयोगमा पनि खोजे तथापि अाज सम्म कहि कतै बाट थोरै सम्म पनि सुराग पत्ता लागेन अझै पनि भेट्ने अाश मरेको छैन । अाज बाट एघार बर्ष पूरा भएर बाह्र बर्ष लागेछ अझै पनि भेट्ने अाश थोरै नै भए पनि बाकि नै छ । साथै खोजि कार्य जारी छ यस खोजि कार्यको लागि यहाँ हरुको पनि सहयोगको अाश गरेको छु ।।

बुबा :–मोहन प्र. भण्डारी
दमक-५ (झापा)
मोबाईल नं. 9842685303

आफ्नी छोरीको खोजीमा तड्पिरहेका एक बाबुको लागी तपाईले पनि कस्तुरीको खोजीको लागी सहयोग गर्न सक्नुहुनेछ ! माथि उल्लेखित विवरण अनुसारको युवती कतै देख्नुभएमा उनका बाबु मोहन भण्डारी अथवा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहोला! यो पोष्टलाई शे-य-र गरेर पनि तपाईले उनको खोजीलाई सहयोग गर्न सक्नुहुनेछ !


.

बेतन कर्णाली जलविद्युत आयोजना, ४ सय ९० मिटर टेस्ट टनेल खनियो

Previous articleनेपालगन्जमा फेरी थपियो कोरोना’; आज मंगलबार बिहानै थपिए ७ जना
Next articleएसईई परीक्षा लिन सम्भव देखिएन; परीक्षा नलिइकनै प्रमाणपत्र दिउँ: प्याब्सन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।