२ सय ६२ केजी गाँजासहित भारतीय ट्रक पक्राउ

बारा- बारामा २ सय ६२ केजी गाँजासहित एक भारतीय ट्रक पक्राउ परेको छ । हेटौंडाबाट भारततर्फ लैजाँदै गरेको बीआर २५ जीए १४५८ नम्बरको भारतीय नम्बरको ट्रकमा लोड गरिएको गाँजालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको हो ।

ट्रकचालक र कारोबारमा संलग्नसँगै ट्रकधनीको खोजी कार्य भइरहेको र चाँडै उनीहरुलाई पक्राउ गरिने बोगटीले बताउनु भयो । ट्रकलाई जीतपुर सिमरा उपमहानगरपालिका– ७ अन्तर्गत वीरगन्ज–पथलैया सडकखण्डमा पार्किङ गरी राखिएको अवस्थामा पक्राउ गरिएको हो ।

https://ujyaalonepalnews.com/archives/28743

Previous articleपप्पु कन्ट्रक्सनका सञ्चालक पक्राउ
Next articleपरम्परागत खेती मासेर स्याङ्जाका कृषक फलफूल खेतीतर्फ आकर्षित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।