पप्पु कन्ट्रक्सनका सञ्चालक पक्राउ

काठमाडौं- नेपाल प्रहरीले काठमाडौँको बानेश्वरबाट पप्पु कन्स्ट्रक्सनका एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बाँकेमा परेको ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले बानेश्वर प्रहरी वृत्तले उनलाई पक्राउ गरिएको बताउनुभयो ।

नेपालगञ्ज प्रहरीको अनुरोधमा पक्राउ गरिएको र उनलाई नेपालगञ्ज नै पठाइने उहाँले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/28742

Previous articleबैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्छ: अध्यक्ष ओली
Next article२ सय ६२ केजी गाँजासहित भारतीय ट्रक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।