उज्यालो नेपाल- रत्ननगर नगरपालिकाको वडा नं. १६ का महिलाहरुलाई एडभान्स सिलाईकटाई तालिम प्रदान गरिएको छ । वडा कार्यालयले घरेलु तथा साना उधोग कार्यालय भरतपुर संग सहकार्य गरि वडा भित्रका १२ जना महिलाहरुलाई ५० दिने एडभान्स तालिम प्रदान गरिएको हो ।
सिप सिकेका तर सीपमा निखारता ल्याउन नसकेर व्यवसायिक हुन नसकेका महिलाहरुलाई लक्षित गरेर तालिम संचालन गरिएको वडाध्यक्ष हेमराज थापाले बताए । तालिमको शनिबार एक औपचारिक कार्यक्रमका विच समापन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै घरेलु तथा साना उधोग कार्यालय भरतपुरका प्रमुख धिरेन्द्रप्रसाद पाेखरेलले ” तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर आयश्रोत वृद्धि गरि आत्मनिर्भर बन्न ” सहभागीहरुलाई आग्रह गरे ।
त्यस्तै वडा सचिब जयन्ती रानाभाटले ‘ सामुहिकतालाई विश्वास गरि सामुहिक रुपमै व्यवसाय संचालन गर्न सहभागीहरुलाई आग्रह गरिन् । कार्यक्रममा वडा सदस्यहरु चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, सिकाई केन्द्रका प्रतिनिधिहरु सर्मिला लामिछाने, चिरन्जीवी खनाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम घरेलु तथा साना उधोग कार्यालय कि प्रोग्राम कोर्डिनेटर रञ्जु भट्टले सञ्चालन गरेकी थिईन् ।

तालिमका सहभागीहरुलाई प्रशिक्षक नन्दलाल श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीहरुले तालिम अवधीमा लबालिकाहरुकाे स्कुल ड्रेस, चाैंबन्दी चाेलाे, बच्चाकाे भाेटाे, कुर्था सुरुवाल, सर्ट पाईन्ट लगायतका कपडाहरु सिलाउने सिप सिकेका छन् । सहभागीहरुलाई एकएक वटा सिलाई मेसिन र अन्य सामग्रीहरु हस्तानान्तरण समेत गरिएको छ ।
https://ujyaalonepalnews.com/archives/28797


