रेड पाण्डाको छालासहित चार जना पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ।

दुर्लभ वन्यजन्तुको छाला अवैध ओसारपसारमा संलग्न भएका सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङलाई पक्राउ गरेको हो।

उनीहरुलाई काठमाडौंको बूढानीलकण्ठ १२ कपन, खरीबोटबाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट कालो रंगको ब्यागभित्र निलो प्लाष्टिकमा बेरिएको अवस्थामा १ थाना रेड पाण्डाको छाला फेला परेको प्रहरीले जनाएको छ। चारै जनालाई प्रहरीले जिल्ला वन कार्यालय हात्तीसार पठाएको छ।

आज २०७६ साल चैत १४ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)

Previous articleरवीन्द्र अधिकारीको योगदानलाई स्मरण गरिने
Next articleचीनपछि जोखिममा रहेको दक्षिण कोरियाले २ लाख चर्चका सदस्यमा कोरोना परिक्षण गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।