कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन: ओली

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताउनुभएको छ ।

सङ्घीय संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताउनुभयो ।

“हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बयासी प्रदेशसभा सदस्यले पास गरेर नामकरण गरिएको हो”, उहाँले भन्नुभयो, “हामी नामकरणबाट भाग्दैनौँ ।” गत फागुनमा प्रदेश नं १ को नाम कोशी राखिएको थियो ।

https://ujyaalonepalnews.com/archives/28803

Previous articleललिता निवास प्रकरण: थप तीनजना पक्राउ
Next articleमहानगरको फेरिँदै गएको स्वरुपः गरे के हुँदो रहनेछ र ? (फोटो फिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।