Home Uncategorized महामूर्ख बन्दै प्रदेश २ का मुख्यमन्त्री राउत !

महामूर्ख बन्दै प्रदेश २ का मुख्यमन्त्री राउत !

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यसपटक महामूर्ख बन्ने भएका छन्।

होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामूर्खको पदवी यसपटक मुख्यमन्त्री राउतलाई दिन लागेको जनाएको छ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलन गर्दै आएको छ।

सोही कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुलाई विभिन्न हास्यव्यंग्य पदवी प्रदान गर्ने गरेको छ। सोमबार दिउँसो जानकी मन्दिर प्रांगणमा सुरु हुन लागेको महामूर्ख सम्मेलनमा हास्य–व्यंग्य नाटक, गीतसंगीत, कविता, जोगिरालगायत प्रस्तुत गरिने कार्यक्रम रहेको मिनापले जनाएको छ।

यस कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्व, कलाकार, दर्शक भरपुर आनन्द लिने गर्दछन्। यो कार्यक्रम हेर्न दर्शकको भीड लाग्ने गरेको छ।

कालिका र रत्ननगरको सिमाना बुढीकुलामा पुल निर्माण सम्पन्न

Previous articleजानकी मन्दिरलाई महन्तबाटै खतरा, कसैलाई थाहै नदिई फेरे गर्भगृहको चाँदी
Next articleयूवा राईकाे शब्द तथा तयाहाङ्मा राईकाे स्वरमा रहेकाे “यात्रा” सार्वजानिक (भिडियाे सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।