Home Uncategorized परराष्ट्रमन्त्री साउद भोलि अजरबैजान प्रस्थान गर्नुहुने

परराष्ट्रमन्त्री साउद भोलि अजरबैजान प्रस्थान गर्नुहुने

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्नु हुनेभएको छ ।
अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलनः उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उहाँले असार २० गते सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उहाँ असार २३ गते स्वदेश फर्कनुहुनेछ ।

https://ujyaalonepalnews.com/archives/28835

Previous articleप्रिय पत्रकार ! के यो कविता अखबारमा छापिन्छ ?
Next articleगुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।