काठमाडौं । टासी दोङले काल्सबर्ग गल्फ सिरिजअन्तर्गत पहिलो प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार स्टेबल फोर्ड थ्री बाई फोर ह्यान्डिक्याप फम्र्याटमा भएको प्रतिस्पर्धामा ४४ अंकको सानदार नतिजामा टासीले उपाधि जितेका हुन् ।

उपाधि जित्ने क्रममा दुई
ह्यान्डिक्यापका टासीले एक बोगी र सात बर्डीका साथ सफलता प्राप्त गरेका थिए । दावा जे शेर्पा दोस्रो भए । उनले ३६ अंक बनाए । ग्रसतर्फ टासी छिरिङ सफल रहे । उनले उत्कृष्ट प्रदर्शन गर्दै एक इगल र ६ बर्डी प्रहार गरेका थिए । यस स्पर्धामा माधव सिम्खडा दोस्रो भए ।
महिलातर्फ आरती राणा पहिलो भइन् । उनीसँगै देवश्री राणाले समान २९ अंक बनाए पनि काउन्ट ब्याकमा आरती पहिलो भइन् । यसैगरी, सिनियरमा ३६ अंकसहित तेज राई पहिलो र दिलिप रायमाझी दोस्रो भए । प्रतियोगितामा क्लोजेस्ट टु द पिनको उपाधि केसी गुरुङ, लंगेस्ट ड्राइभको उपाधि निरभ कोइराला र मोस्ट बर्डिजको उपाधि टासी छिरिङले जिते ।
विजयी खेलाडीलाई शनिबारै पुरस्कृत गरिएको छ । सन् २०२० को काल्सबर्ग गल्फ सिरिजको यो पहिलो प्रतियोगिता हो । काल्सबर्ग सिरिजअन्तर्गत एक सिजनमा कुल तीन प्रतियोगिता
हुनेछ
।
समग्रमा सबैभन्दा बढी अंक प्राप्त गर्ने खेलाडीले मुख्य उपाधि जित्नेछन् । गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले सन् १९९० देखि नेपालमा गल्फ खेलमा लगातार प्रायोजक बन्दै सिरिजले लामो यात्रा तय गर्दा प्रतिभाशाली गल्फरहरूले प्रतिभा देखाउने अवसर प्राप्त गरेको बताए ।
गोर्खा बु्रअरीका उपप्रबन्ध निर्देशक सुेन्द्र सिलवालले यो प्रतियोगिताबारे राम्रो प्रतिक्रिया आइरहेको र प्रतियोगिता सफल बनाउन साथ दिने सबैलाई धन्यवाद दिए ।
गोकर्ण फरेस्ट रिसोर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले काल्र्सबर्ग गल्फ सिरिज उदीयमान गल्फरहरूका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च रहेको बताए । १८ होलमा भएको प्रतियोगितामा ८८ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
The post टासीलाई काल्र्सबर्ग गल्फ सिरिज appeared first on Rajdhani Daily News.


