Home Uncategorized नारायणगढ-मुग्लिन सडक खण्डका आठ स्थान उच्च जोखिममा (फोटो फिचर)

नारायणगढ-मुग्लिन सडक खण्डका आठ स्थान उच्च जोखिममा (फोटो फिचर)

चितवन- राजधानी काठमाडौ जोड्ने लाइफलाईन नारायणगढ-मुग्लिन सडक खण्डको आठ स्थानमा पहिरोको उच्च जोखिम रहेको छ ।

अहिले पहिरो खसिरहेको २ नम्बर पुल, ३ नम्बर पुल, चार किलो, टोपे खोला, काली खोला, मौरीखोला, नाम्छी खोला र घोप्टेभिर र १८ किलोमा पनि पहिरोकै उच्च जोखिम देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रमुख राजकुमार तामाङ्गले जानकारी दिनुभयो । ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएको छ ।

यस्तै, सेती दोभान र सिमलताल पनि पहिरोको जोखिममा रहेको छ । सडकका १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्ता काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ । ट्राफिक प्रमुख तामाङ्गले यसअघि सडक विस्तारको काम गर्नको लागि भित्ताहरु काट्ने कार्य भएकाले वर्षाको समयमा धान्न नसकी पहिरो गएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“ विभिन्न आठ स्थानमा सडक विस्तार गर्ने क्रममा भित्ताहरु काट्ने कार्य भएकोले तल धान्न नसकेर पहिरो गईरहेको छ । माथिबाट पहिरो जतिबेला पनि आउन सक्ने अवस्था छ” पछिल्लो समय मनसुन सक्रिय भएसँगै आएको वर्षाले नारायणगढ–मुग्लिन सडक खण्डमा बारम्बार पहिरो गईरहेको छ । बारम्बर पहिरो जाने भएकाले अन्य वैकल्पिक राजमार्ग रोज्न उहाँको आग्रह छ ।

अहिले सडक दुईतर्फी सञ्चालनमा भए पनि पहिरोको जोखिमलाई ध्याममा राख्दै ट्राफिक ब्यवस्थापन गरिएको छ । ट्राफिक प्रहरीले सवारी साधनलाई सडकको एक लाईन बनाई बिभिन्न स्थानमा सवारी साधन रोकेर सहजिकरण गरिएको छ ।

यस आर्थिक वर्षमा अहिलेसम्म सो सडक खण्डमा ३६ पटक पहिरो गएको ट्राफिक प्रहरी कार्यलयको तथ्यांकले देखाएको छ । भने बैशाख यतामात्रै ९ पटक पहिरो गएको छ । सो मसयमा असार १५ गते लोडर , १६ गते कार र १७ गते ट्रकमा समान्य क्षति भएको छ । सबै सवारी साधनलाई ३ नम्बर पुलमा गएको पहिरोले क्षति पुर्‍याएको हो । मानविय क्षति भने यस वर्षको मनसुनमा भएको छैन् ।

नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ-मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो ।

सडक विस्तारपछि विश्व बैंककै सहयोगमा पुल निर्माण थालिएको हो । सोही क्रममा ३१ ठाउँको पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्ता काटिएको थियो । यसमध्ये सात ठाउँमा महत्वका साथ पहिरो रोक्ने काम गरिएको थियो । पहिरो रोक्ने कामका लागि मात्र ४० करोड खर्च भएको छ ।

 

https://ujyaalonepalnews.com/archives/28844

Previous articleएसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय
Next articleतिनाउ नदीमा जलसतहले खतराको तह पार गर्‍यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।