नारायणगढ-मुग्लिन सडक खण्डका आठ स्थान उच्च जोखिममा (फोटो फिचर)

0
45

चितवन- राजधानी काठमाडौ जोड्ने लाइफलाईन नारायणगढ-मुग्लिन सडक खण्डको आठ स्थानमा पहिरोको उच्च जोखिम रहेको छ ।

अहिले पहिरो खसिरहेको २ नम्बर पुल, ३ नम्बर पुल, चार किलो, टोपे खोला, काली खोला, मौरीखोला, नाम्छी खोला र घोप्टेभिर र १८ किलोमा पनि पहिरोकै उच्च जोखिम देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रमुख राजकुमार तामाङ्गले जानकारी दिनुभयो । ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएको छ ।

यस्तै, सेती दोभान र सिमलताल पनि पहिरोको जोखिममा रहेको छ । सडकका १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्ता काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ । ट्राफिक प्रमुख तामाङ्गले यसअघि सडक विस्तारको काम गर्नको लागि भित्ताहरु काट्ने कार्य भएकाले वर्षाको समयमा धान्न नसकी पहिरो गएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“ विभिन्न आठ स्थानमा सडक विस्तार गर्ने क्रममा भित्ताहरु काट्ने कार्य भएकोले तल धान्न नसकेर पहिरो गईरहेको छ । माथिबाट पहिरो जतिबेला पनि आउन सक्ने अवस्था छ” पछिल्लो समय मनसुन सक्रिय भएसँगै आएको वर्षाले नारायणगढ–मुग्लिन सडक खण्डमा बारम्बार पहिरो गईरहेको छ । बारम्बर पहिरो जाने भएकाले अन्य वैकल्पिक राजमार्ग रोज्न उहाँको आग्रह छ ।

अहिले सडक दुईतर्फी सञ्चालनमा भए पनि पहिरोको जोखिमलाई ध्याममा राख्दै ट्राफिक ब्यवस्थापन गरिएको छ । ट्राफिक प्रहरीले सवारी साधनलाई सडकको एक लाईन बनाई बिभिन्न स्थानमा सवारी साधन रोकेर सहजिकरण गरिएको छ ।

यस आर्थिक वर्षमा अहिलेसम्म सो सडक खण्डमा ३६ पटक पहिरो गएको ट्राफिक प्रहरी कार्यलयको तथ्यांकले देखाएको छ । भने बैशाख यतामात्रै ९ पटक पहिरो गएको छ । सो मसयमा असार १५ गते लोडर , १६ गते कार र १७ गते ट्रकमा समान्य क्षति भएको छ । सबै सवारी साधनलाई ३ नम्बर पुलमा गएको पहिरोले क्षति पुर्‍याएको हो । मानविय क्षति भने यस वर्षको मनसुनमा भएको छैन् ।

नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ-मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो ।

सडक विस्तारपछि विश्व बैंककै सहयोगमा पुल निर्माण थालिएको हो । सोही क्रममा ३१ ठाउँको पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्ता काटिएको थियो । यसमध्ये सात ठाउँमा महत्वका साथ पहिरो रोक्ने काम गरिएको थियो । पहिरो रोक्ने कामका लागि मात्र ४० करोड खर्च भएको छ ।

 

https://www.ujyaalonepalnews.com/archives/28844

Previous article‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’
Next articleनेपालमा लगानी भित्र्याउन आग्रह