तिनाउ नदीमा जलसतहले खतराको तह पार गर्‍यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

रुपन्देही- निरन्तर वर्षाका कारण बुटवलको तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा निरन्तर वर्षा भएकाले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराउँदै सतर्क रहन आग्रह गर्नुभएको छ । अविरल बर्षाका कारण बिहान ३:३० बजे देखिनै तिनाउले खतराको तह पार गरेको हो ।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ । महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ ।

तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । केन्द्रले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।

तिनाउ लगायत रुपन्देहीका अन्य नदीहरुमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्बसाधारणहरुलाई सुरक्षीत स्थानमा रहन आग्रह गरएिको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । जिल्लास्थित सुरक्षाका तीनैवटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिईएको छ ।

https://ujyaalonepalnews.com/archives/28857

Previous articleनारायणगढ-मुग्लिन सडक खण्डका आठ स्थान उच्च जोखिममा (फोटो फिचर)
Next articleनिर्वाचनको मिति स्पष्ट उल्लेख गरी कानुन बनाउन निर्वाचन आयोगको प्रस्ताव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।