महोत्तरीमा गोलि प्रहार, एक जना गम्भिर घाइते, गोलि प्रहार गर्ने पक्राउ

महोत्तरी- महोत्तरीको रामगोपालपुर नगरपालिकाको बसबिट्टिमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

रामगोपालपुर नगरपालिका वडा न. १ बसबिट्टिका ३८ वर्षीय कौशल मण्डलको गोलिबाट सोही स्थानका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् । मण्डलले तीन राउन्ड प्रहार गरेको गोलीले यादवलाई दुई राउन्ड लागेको छ । एक राउन्ड चिउँडोमा र अर्को राउण्ड गोली दाहिने कुममाथी लागेको छ ।

यादवलाई उपचारका लागि जानकी एकेडेमी हस्पिटल पर्सामा लगिएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा पठाइएको ईलाका प्रहरी कर्यालय रामगोपालपुरका प्रहरी नायव निरीक्षक (सई) सुमन सिंहले जानकारी दिनुभएको छ ।

गोलि प्रहार गर्ने कौशल मण्डल र निजले प्रयोग गरेको पेस्तोल गोलिको खोका तीन थानसहित प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28880

Previous articleमनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशन
Next articleगोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।