कास्कीमा अब लाइसेन्स नविकरण अनलाइनबाटै गर्न सकिने

0
64

कास्की- नेपालमै पहिलोपटक कास्कीमा अनलाईन भुक्तानीमार्फत विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न सकिने व्यवस्था शुभारम्भ गरिएको छ ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली सहित संघीय भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीले उक्त व्यवस्थाको संयुक्त रुपमा अनलाइनमार्फत शुभारम्भ गर्नुभएको हो ।

योसँगै लाइसेन्स नविकरणका लागि यातायात व्यवस्था कार्यालय पोखरामा सेवाग्राहीको चाप घट्ने अपेक्षा गरिएको छ । त्यस्तै यातायात क्षेत्रमा विचौलीयाको प्रभाव कम हुने, सेवाग्राहीले घरबाटै लाइसेन्स नविकरण गर्न सक्ने, घण्टौ लाइनमा बस्नु नपर्ने, कार्यालयमा भीडभाड नहुने विश्वास बढेको छ ।

कास्कीबाट शुभारम्भ गरिएको यो सेवालाई क्रमश देशभरका यातायात व्यवस्था कार्यालयमा लागु गर्ने तयारी पनि सरकारको छ ।

गण्डकीमा बाग्लुङ, कास्कीको पोखरा, तनहुँको डुम्रे लगायत नवलपुरमा गरी चार जिल्लाबाट लाइसेन्स नविकरणको कार्य हुँदै आइएको छ । त्यस्तै गण्डकी सरकारले भाडा समायोजनको तयारी पनि थालेको जनाइएको छ ।

https://www.ujyaalonepalnews.com/archives/28916

Previous articleश्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि…
Next articleप्रधानमन्त्रीले राजिनामा दिनु नपर्ने सत्ता गठबन्धनको निश्कर्ष