कारागारभित्र कैदीले आत्महत्या गरे

बाँके- बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिनुभयो । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअधि आर्चायले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/28930

Previous articleप्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत: उपप्रधानमन्त्री
Next articleएसईई नतिजा आज सार्वजनिक गर्ने तयारी, बोलाइयो बोर्डको बैठक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।