आउने भयो क’डा नियम: महिला विदेश भ्रमणमा जाँदा परिवारको सहमति, वडाको सिफारिस अनिवार्य

अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ।  विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो।
नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ।

मानव त’स्करी बढेको, शो’षणमा परेको, स’मस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बि’जोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागले जनाएको छ। विभागले कार्यविधि संशोधन प्रस्ताव तीन दिनअघि गृह मन्त्रालयमा पठाएको छ। गृहको कानुन शाखामा आवश्यक छलफल भई कार्यविधि चाँडै लागू हुने विभागका सूचना अधिकारी टेकनारायण पौडेलले बताए।

उनका अनुसार ४० वर्षमुनिका महिला एक्लै भ्रमणमा जाँदा वडा कार्यालय र परिवारको सहमति लिएर मात्र जानु पर्ने छ। कतिपय महिलाहरू परिवारको सहमतिबेगर पनि हिँड्ने गरेकाले त्यसलाई क’डाइ गर्न पारिवारिक सहमति खोजिएको पौडेलले बताए।
त्यस्तै, त्यसरी विदेश जाने महिलाका लागि पन्ध्र लाखसम्मको निर्जीवन दुर्घ’टना बिमा अनिवार्य बनाउनुपर्ने छ।

महिलाहरूको लागि अहिले के भिसा, पासपोर्ट, टु वे टिकट, होटल बुकिङलगायत अनिवार्य थियो। तर, त्यसरी गएर उतै काम खोज्ने र नयाँ भिसा बनाएर काम गर्ने गरेको पाइएको विभागले जनाएको छ। ‘त्यसरी उतै काम गरेर बस्दा कहाँ बस्ने, के गर्ने भन्ने सुनिश्चितता छैन, त्यसरी काममा जाने महिलाहरू बेचबिखनको जो’खिममा परेको, दुर्घ’टनामा परे उपचार नपाएको, सम’स्यामा पर्दा उद्धार गर्न नसकेको अवस्था छ,’ पौडेलले भने,

‘कम्तीमा अब त्यस्तो भए पनि उद्धार गर्न सकियोस् भनेर कार्यविधि अद्यावधिक गरिन लागिएको हो।’ हालको कार्यविधिको दुरु’पयोग भएको र महिलाहरू थप शोषणमा नपरून् भनेर कार्यविधि संशोधनको प्रस्ताव गरिएको विभागका महानिर्देशक रमेश केसीले बताए।

‘यो अहिले गृह मन्त्रालयमा विचाराधीन छ, तर हालको कार्यविधिले महिलाहरूलाई जो’खिममा पारेको अवस्थालाई मध्यनजर गरी संशोधन प्रस्ताव गरिएको हो,’ केसीले भने।
४० वर्षमुनिका महिला परिवारका सदस्य वा श्रीमानसँग भ्रमणमा जाँदा भने पालिकाको सिफारिस र बिमा अनिवार्य छैन।

https://ujyaalonepalnews.com/archives/13447

Previous articleकक्षामै समिज खोलिदिएर र ‘उल्टै सकेको गर’ भनेर ध’म्कि दिने मास्टरको छात्राहरुले बजाईदिए बाजा
Next articleचितवनमा गैँडा मा’र्ने, खाग बिक्री गर्ने ठूलाे गि’राेह पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।