प्रधानमन्त्रीले राजिनामा दिनु नपर्ने सत्ता गठबन्धनको निश्कर्ष

काठमाडौं- सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनको बैठकले राजिनामा माग्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गर्दै त्यस बारेमा प्रधानमन्त्रीले प्रतिनिधि सभाको बैठकमा फेस गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्‍मा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको जानकारी दिनु भयो ।

प्रितम सिंहको बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाइ लिएर बुधबारको प्रतिनिधिसभा बैठक एमाले, रास्वपा र राप्रपाको अवरोधका कारण स्थगित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि बस्दैछ ।-

https://ujyaalonepalnews.com/archives/28952

Previous articleसबै सरकारी विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्नुपर्नेमा सरोकारवालाको जोड 
Next articleराजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।