कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ, तीन सदस्यीय मन्त्रिपरिषद् गठन

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त हुनुभएको छ । मन्त्रीद्वयले पनि शुक्रबारै शपथ ग्रहण गर्नुभएको छ । माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28986

Previous articleबाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग
Next articleधानखेत मासेर किवी खेती
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।