Home Uncategorized सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन

सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो ।

सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।

https://ujyaalonepalnews.com/archives/28999

Previous articleरोकिएन वर्षान्तको भुक्तानी, असारमा मात्रै सवा खर्बको चेक काटियो
Next articleपुर्विचितवनको विभिन्न क्षेत्रमा भोली विधुत अवरुद्ध हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।