महिनाको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । महिनाको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुनमा ३ सय रुपैयाँ बढेको छ भने चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य ७५ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य बिहीबार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

The post महिनाको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य appeared first on Purbeli News.

कोरोना भाइरसको संक्रमणप्रति विमानस्थलमा ‘शून्य’ सावधानी, बिना चेकजाँच यसरी भित्रिदै यात्रुहरु ! (भिडियो)

Previous article‘विराट एक्स्पो २०७६’ को तयारी पूरा
Next articleलागुऔषध सहित २ भारतीय नागरिक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।