Home Uncategorized डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

डोटी- डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विरामी भएका हुन् ।

बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभएको छ ।

नौ जनालाई आज बिहान ३ बजे र अन्य २ जनालाई केही समयपछि अस्पताल ल्याइएको थियो । विषालु च्याउ खाएर बिरामी परेका ११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/29061

Previous articleराजकुमारको कृषि कथा : काम गर, सफलता पछि–पछि आउँछ
Next articleखाल्डोमा डुबेर दाजुभाइको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।