दुग्ध उत्पादनमा फड्को मार्दै कालिका, वार्षिक भित्रिन्छ २४ करोड बढी रकम

निराजन घिमिरे, चितवन- पछिल्लो समयमा कालिका नगरपालिकाले दुध उत्पादनमा फड्को मार्दै गएको पाईएको छ । पशुपालक कृषकको संख्या थपिँदै जाँदा नगरपालिकामा दुधको उत्पादनमा वृद्दि हुँदै गईरहेको हो । कालिकाको बजार क्षेत्रदेखि देखि ग्रामीण भेग सम्म ब्यवसायिक पशुपालन गर्नेको संख्यामा बृद्धि हुदै आएको दुध उत्पादनको तथ्यांकले बताउँछ ।

वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्दै युवालाई स्वरोगार बनाउन र थप जनशक्तिलाई रोजगारीको अवसर सृजना गर्न स्थानिय सरकारले विभिन्न अनुदानका कार्यक्रम संचालन गर्न थालेपछि दुध उत्पादन तर्फ किसानहरु आकर्षित हुन थालेका हुन् । युवालाई  स्वरोजगार बनाउन केन्द्र देखि प्रदेश सरकार हुदै स्थानिय निकाय सबै लागि परिरहेका छन् । व्यवसायिक  पशुपालनमा वातावरण अनुकुलित नविनतम प्रविधिको विस्तार सँगै उन्नत नश्लका पशुको वृद्धि र घाँसमा आधारित पशुपालनले दुधको उत्पादनमा वृद्धि भएको हो ।

विगत पाँच वर्षको आंकडा हेर्दा नगरपालिकामा वार्षिक १० हजार लिटर भन्दा माथि दुध उत्पादन गर्ने किसानको संख्या वृद्धि हुँदै गईरहेको छ । आर्थिक वर्ष ०७४-७५ मा १० हजार लिटर भन्दा माथि दुध उत्पादन गर्ने किसानको संख्या जम्मा १२ जना रहेकोमा आर्थिक वर्ष २०७६-७७ सम्म आईपुग्दा यो संख्या ३९ पुगेकोमा पछिल्लो २ वर्ष यो संख्या स्थिर रहेको पाईएको छ । तर 

 

 

https://ujyaalonepalnews.com/?p=29079

Previous articleसुनसरीमा ३१ प्रतिशत धान रोपाइँ सम्पन्न
Next articleक-कसले पाउँछन् कालिका नगरपालिकाले दुग्ध उत्पादक किसानलाई दिएको साढे ३४ लाख अनुदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।