भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

संखुवासभा- संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनमा मकालु–२ का ३० बर्षिय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काले जानकारी दिनुभयो ।

आइतबार विहान १० बजे घर नजिकैको बारीमा काम गरिरहेका राईलाई भालुले आक्रमण गर्दा गम्भीर घाइते हुनु भएको छ । राईको अनुहार, टाउको, हात र ढाडमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते राईको प्राथमिक स्वास्थ्य केन्द्र मकालु–५ नुममा उपचार भईरहेको बताइएको छ । घटनास्थलबाट उपचार गराउन पाँच घण्टा बढीको पैदल दुरीमा पर्छ ।

यो क्षेत्र राष्ट्रिय निकुञ्ज भएका कारण जंगली जनावरको आंतक बढेको स्थानियको भनाइ छ । निकुञ्जका जंगली भालुको आक्रमणबाट यसै बर्ष मात्र आधा दर्जन बढी घाइते भइसकेका छन् ।

https://ujyaalonepalnews.com/archives/29104

Previous articleबिचौलिया हाबी हुँदा बजारमा हरियो तरकारीको मूल्यमा अचाक्ली वृद्धि
Next articleभोलि बिहान धौलीगंगा बाँध खोलिने, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।