चौतारीको भवन निर्माण गर्न पौडेलको आर्थिक सहयोग

0
79

चितवन, २८ असार । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुर ११, बसेनिमा निर्माण गरिरहेको भवनका लागि समाजसेवी लिलाधर पौडेलले आर्थिक सहयोग गर्नुभएको छ । पौडेलले भवन निर्माणका लागि रु. २५ हजार आर्थिक सहयोग गर्नुभएको हो ।

पौडेलले चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा पौडेलले प्रेस चौतारी आवद्ध श्रमजीवि पत्रकारहरुको देशमै पहिलो भवनका लागि आफूले सहयोग गर्न पाएकोमा खुशी व्यक्ति गर्नुभयो । उहाँले भन्नुभयो “पैसा भएर भन्दा पनि मन भएर सहयोग गरेको हुँ ।”

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चौतारी चितवनको भवन बनाउन समाजसेवी पौडेलले प्रदान गरेको सहयोगले थप उर्जा र प्रेरणा मिलेको बताउनुभयो । उहाँले चौतारीको भवन देशकै पत्रकारहरुको साझा सम्पत्ती भएकोले आआफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।

समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा प्रेस चौतारीको देश कै पहिलो भवन बनिरहेको छ । भवनको पहिलो तला ढलानको तयारी भैरहेको चौतारी चितवन अध्यक्ष पण्डितले जानकारी दिनुभयो। एक बर्ष भित्र बनाइसक्ने साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।

https://www.ujyaalonepalnews.com/archives/29250

Previous articleराष्ट्रपति पौडेलद्वारा चौतारो र पोखरी निर्माणको शुभारम्भ
Next articleसभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लूको भेटवार्ता