राष्ट्रपति पौडेलद्वारा चौतारो र पोखरी निर्माणको शुभारम्भ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गर्नुभएको छ । उहाँले आज राष्ट्रपति कार्यालय परिसरभित्र वर–पिपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले वर–पिपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगत्तै सुझाव दिनुभएको थियो । सोहीअनुरुप उहाँले आज पूजाअर्चनासहित वर–पिपल रोप्नुभएको हो ।

राष्ट्रपति भवनको पश्चिमपट्टिको भागमा चौतारो निर्माणका लागि वर–पिपल रोप्नुभएको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले वर–पिपल रोपेको स्थानभन्दा तल पोखरी निर्माण गर्ने योजनासमेत बनाउनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/29249

Previous articleसङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित
Next articleचौतारीको भवन निर्माण गर्न पौडेलको आर्थिक सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।