उज्यालो नेपाल, रत्ननगर- उच्च माध्यामिक तहको शिक्षा गरे पश्चात विश्वविद्यालय तहको अध्ययन गर्दा रोजगारी उन्मुख होस भन्ने सबैको चाहना हुन्छ। त्यसैले अहिले धेरैले प्राविधिक र सकेसम्म छिटो रोजगारी पाइने विषय र कार्यक्रम रोजेर अध्ययनलाई अघि बढाएको पाईन्छ ।
तर पर्याप्त जानकारी, अध्ययन तथा अनुसन्धानको विना नै कसैको लहड वा हल्लाको भरमा विषय वा कार्यक्रम छानेर अध्ययन गर्दा भविष्यमा हातमा सर्टिफिकेट हुने तर बेरोजगार बस्नुपर्ने अवस्था पनि आउन सक्छ । तथ्यांकको अभावमा नेपालका कुन क्षेत्रमा सबैभन्दा बढी जनशक्तिको माग छ? भन्ने कुराको जानकारी पाउन कठिन छ । साथी सर्कलले जुन विषय पढ्यो आफुले पनि त्यहि पढ्ने र साथी जुन विद्यालय गयो आफु पनि त्यहीं जाने विद्यार्थीहरुको ‘ट्रेन्ड’ देखिन्छ ।

तर पछिल्लो समयमा डाक्टर, इन्जिनियरमात्र आकर्षक पेसा हुन् र त्यही नै पढ्नुपर्छ भन्ने सोच विस्तारै हराउँदै गएको छ । अहिलेको पुस्ता होटल व्यवस्थापन, आइटी इन्जिनियरिङ, कृषि विज्ञान जस्ता विषय तर्फ आकिर्षत हुँदै गएको बताउँछन् पन्चकन्या विद्या मन्दिर रत्ननगरका प्राचार्य भुवनसिंह थापा ।
त्यसैमध्येको एक हो एच.एम अर्थात होटल म्यानेजमेन्ट । जुन अहिले विद्यार्थी देखि अविभावकहरुको रोजाईको केन्द्रविन्दु बन्दै गएको छ। स्वदेशी तथा विदेशी विश्वविद्यालयका कार्यक्रम नेपालमै अध्ययन गरी विदेशी होटलहरुमा जागिरको राम्रो अवसर हुने भएकोले पछिल्लो समय यसमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको थापाको भनाई छ ।
नेपालमै दिनानुदिन तारेहोटलहरुको संख्या बढ्दै जानु र ति होटलहरुमा दक्ष जनशक्तिको माग बढ्दै जानुले पनि होटल म्यानेजमेन्ट अध्ययन गरेकाको माग बढ्दो छ । तपाई यो सामाग्री उज्यालो नेपालमा पढ्दै हुनुहुन्छ । नयाँ होटल थपिने मात्र होइन भईरहेका होटलहरुले पनि देशका विभिन्न शहरहरुमा शाखा खोल्ने क्रम बढिरहेको अवस्थामा होटल म्यानेजमेन्ट अध्ययन पश्चात नेपालमै रोजगारीको ढोका खुल्ने उच्च सम्भावना रहेको र विदेशमा पनि सजिलै काम पाईने भएका कारण यसको महत्व बढेको हो ।
यदि तपाईले पनि भर्खरै एसईई परिक्षा उतिर्ण गरेर कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्ने सोच बनाउनु भएको भने तपाईको लागी उत्तम विकल्प हुनसक्छ चितवनको रत्ननगर टाँडीमा रहेको पन्चकन्या विद्या मन्दिर । पुर्विचितवनकै पुरानो शैक्षिक संस्थाको रुपमा रहेको पन्चकन्या २०४३ सालमा स्थापना भएको को हो । २०७३ सालबाट +२ कक्षा सुरु गरेको यस विद्यालयमा विज्ञान र व्यवस्थापन तर्फका कार्यक्रमहरु संचालित छन् ।

विद्यालयमा व्यवस्थापन तर्फ होटल व्यवस्थापनको कार्यक्रम पनि संचालित छ । शिक्षा क्षेत्रमा लामो समय अनुभव हासिल गरेका अध्यापकहरूको एउटा समूहले संचालन गरेको विद्यालयमा वातानुकुलित कक्षा कोठा, प्रोजेक्टर लगायतका आधुनिक सामग्री जडित छन् जसले आधुनिक शिक्षण प्रक्रियालाई सहज बनाएको छ। त्यस्तै विद्यालयमा हजारौँ पुस्तक र अध्ययन सामग्रीहरू सहितको पुस्तकालय सञ्चालनमा छ भने विद्यार्थीहरूले लगइन गरेर असीमित अध्ययन सामग्रीहरू प्राप्त गर्नसक्ने इ-लाइब्रेरीको सुविधा समेत विद्यालयले उपलब्ध गराउँछ।

कलेजका निर्देशक मनोज अधिकारीका अनुसार विद्यालयले आफ्ना उत्पादनले जँहा गएपनि सजिलै रोजगारी पाउन भन्ने उद्देश्यले अडियो भिडियो कक्षा, बार, रेष्टुरेन्ट, बेकरी, हाउस किपिङ्ग, फण्ट अफिसर र रिसेप्सनिष्टको लागि समेत छुट्टाछुट्टै प्रयोगशाला समेतको व्यवस्था गरेको बताए । विद्यालयले विभिन्न तिना तारे र पांच तारे होटलहरुमा समेत विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाको लागि लैजाने गरेको छ ।

विद्यालयको यी सबै विशेषता थाहा पाएपछि तपाईलाई लाग्छ यो विद्यालय त महँगो हुन सक्छ ! तर यस विद्यालयको अर्को विशेषता भएको नै सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा हो । यदि तोकिएको शुल्क तिर्न नसक्ने विद्यार्थी आए पनि पन्चकन्या प्रशासनले उसलाई निराश बनाउँदैन। त्यस्ता विद्यार्थीका लागि विद्यालयले विभिन्न छात्रवृत्तिको व्यवस्था गरेको छ। विद्यालयको बारेमा थप बुझ्न यँहा क्लिक गरेर विद्यालयको फेसबुक पेजमा जोडिन सकिनेछ ।
https://ujyaalonepalnews.com/archives/29280


