चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

झापा । झापामा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरिगञ्ज गाउँपालिका १ का जगतबहादुर श्रेष्ठकी श्रीमती ५५ वर्षीय सिला बुढाथोकी रहेकी छन् ।

खेतमा काम गरेर घर फर्किएलगत्तै मोबाइलमा चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् । सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/29288

Previous articleकक्षा ११ मा विज्ञान र व्यवस्थापन अध्ययन गर्ने सोच छ? पंचकन्या विद्या मन्दिर हुनसक्छ उत्तम विकल्प
Next articleचीनमा हाईलेज घाँस निर्यात हुनु ऐतिहासिक उपलब्धी : गृहमन्त्री श्रेष्ठ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।