सप्तरी- कोशी ब्यारेजमा शुक्रबार खसेको ट्रक आज निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको ट्रक आज निकालिएको हो ।
क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो । ट्रक निकाल्ने क्रममा केहीबेर कोशी ब्यारेज पुलमा आवागमन रोकिएको थियो ।
सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी ब्यारेजको पुलको ९ र १० नम्बरको ढोका अगाडि ट्रक कोशी ब्यारेजमा खसेको थियो । ट्रकमा सवार तीन जनालाई सकुशल उद्धार गरिएको थियो ।
https://ujyaalonepalnews.com/archives/29295


