नेपालबाट प्रशोधित घाँस निर्यात सुरु, पहिलो चरणमा १० वटा ट्रक चीन प्रस्थान

चितवन- चितवन चितवनबाट पहिलो पटक चीनमा पशुपालनका लागि उपयोगी (हाईलेज) घाँस निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिक रुपमा चितवनको भरतपुरबाट चीनमा (हाईलेज) घाँस निर्यात सुरु भएको हो ।

छिमेकी मुलुक चीनमा (हाईलेज) घाँस निर्यात नेपालको कृषि क्षेत्रमा क्रान्ति सुरु भएको विज्ञहरुले बताएका छन् । चितवनको भरतपुरमा उत्पादित प्याकिङ् घाँस ‘साईलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुषाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरेका थिए ।

उक्त अवसरमा साईलेज लोड गरेको १० वटा ट्रकलाई रिबन काटेर चीनतर्फ पठाईएको थियो । करीब ८० टन हाईलेज चीनको सिगाचेमा पठाएको छ । करीब तीन बर्षको प्रयासपछि नेपालको घाँस साईलेज चीन पठाउन सफल भएको हो ।

चिनिया व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हाईलेज उत्पादन हुँदै आएको छ । पहिलो चरणमा तीन हजार मेट्रिक टन हाइलेज उत्पादन गरेको कम्पनीले जनाएको छ ।

हाल मकैको घाँसबाट हेलेज उत्पादन गर्दै आएको नेपाल होरिजन ईन्टरनेसनले नेपियर अम्रिसो काँस र बन्सो घासबाट पनि हेलेज उत्पादन गरेर चीन तर्फ पठाउने लक्ष्य राखेको छ ।

https://ujyaalonepalnews.com/archives/29296

Previous articleकोशी ब्यारेजमा खसेको ट्रक निकालियो
Next articleपार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ : सभापति देउवा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।