रत्ननगरका नेवार समुदायले मनाए गठे मंगल पर्व

रत्ननगर, असार ३१ । रत्ननगरका नेवार समुदायले परम्परागत गठे मंगल पर्व मनाएका छन् । भिंज:खल:रत्ननगरको आयोजनामा शनिबार पर्व मनाइएको हो । घण्टासुर राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झना स्वरूप नेवार समुदायमा यो पर्व मनाउने गरिन्छ । साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ ।

गठे मंगल पर्वको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन रहेको भिंज : खल : रत्ननगर का अध्यक्ष गोविन्द कृष्ण श्रेष्ठले बताए । उनले ठड्याइएको नर्कटबाट बनाइएको गठेमंगल घाम अस्ताएपछि छ्वाली बालेर परिक्रमा गरेर ढालेपछि नदीमा लगेर विसर्जन गर्ने परम्परा रहेको बताए ।

कार्यक्रममा रत्ननगर वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे,बकुलहर रत्ननगर अस्पतालका अध्यक्ष गाेपाल कर्माचार्य,जिल्ला आयुर्बेदिक अस्पताल रत्ननगरका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ,उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,नेवाःदेय् दबु चितवन जिल्ला कमिटी अध्यक्ष नारायण काजी श्रेष्ठ, भिंजःखलःरत्ननगरका सदस्य बुद्धराम जाेशी लगायतको उपस्थिती रहेको थियो। कार्यक्रम भिंजःखलः का सचिव राजु मालाकारले संचालन गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/29312

Previous articleजीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते
Next article‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।