प्रधानमन्त्री प्रचण्ड आज गोरखा जानुहुँदैः बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्ने कार्यक्रम

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । फिल्ड कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड अहिले बिहान ११ बजे गोरखा जानुहुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई रहेको गोरखाको सिउरेनीटारमा सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्रीले आज उद्घाटन गर्न लाग्नुभएको हो ।

लामो समयको प्रतीक्षापछि बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढ्ने भएको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत कम्पनी स्थापना गरिसकेको छ ।

काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरिसक्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/29458

Previous articleनेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान
Next articleहतुवागढीमा पदमार्ग निर्माण गरिँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।