Home Uncategorized भद्रकुमारी घले सेवा सदन नभत्काउन आदेश

भद्रकुमारी घले सेवा सदन नभत्काउन आदेश

काठमाडौं- उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश श्यामजी प्रधानको इजलासले आज उक्त घरजग्गामा क्षति नपुर्याउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “मिति २०८०।०४।०८ को पेशी तारिख तोकी सोको जानकारी विपक्षीलाई दिई उक्त निर्णयको छलफलबाट निर्णय नभएसम्म निवेदकको घरजग्गामा क्षति पुर्याउने वा अतिक्रमण गर्ने गराउने कार्य नगर्नु ।”

अदालतले उक्त विवादका दुवै पक्षलाई छलफलका लागि यही साउन ८ गते बोलाएको छ । साथै अदालतले १५ दिनभित्र लिखित जवाफसमेत पेस गर्न भनेको छ । महानगरपालिकाले उक्त भवन भत्काउन खोजेको थियो तर अदालतको आदेशपछि रोखिएको छ ।

https://ujyaalonepalnews.com/archives/29485

Previous articleकांग्रेस बैठकमा नेताहरूको धारणा राख्‍ने क्रम जारी
Next articleसम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।