रत्ननगर, साउन ४ । पूर्वी चितवनको रत्ननगरमा भोली (शुक्रवार) बाट भि.एक्स.एल माईग्रेशन एण्ड एजुकेशन कन्सलटेन्सि सञ्चालनमा आउने भएको छ ।
रत्ननगर नगरपालिका वडा नं. १ बकुलहरमा भोली (शुक्रवार) देखि चौथो शाखाको रुपमा भि.एक्स.एल माईग्रेशन एण्ड एजुकेशन कन्सलटेन्सि सञ्चालनमा आउन लागेको बिहीवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

मुख्य कार्यालय अष्ट्रेलियामा रहेको कन्सलटेन्सिले नेपालमा २०१९ साल देखि आफ्नो सेवा सुरु गरेको थियो । अष्ट्रेलिया, फिलिपिन्स, काठमाडौं र विराटनगर, बुटवलमा शाखा कार्यालयहरु रहेको रत्ननगर, बकुलहर शाखा प्रमुख प्रवल भुर्तेलले जानकारी दिए ।
शुक्रवारबाट चौथो शाखाको रुपमा रत्ननगरको बकुलहरमा सञलनमा आउन लागेको शाखा प्रमुख भुर्तेलले बताए । कन्सलटेन्सिले देशका अन्य शहरहरुमा समेत छिट्टै शाखा विस्तार गरि सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।
शाखाबाट आई.एल.टि.एस पी.टि.ई का कक्षाहरु सञ्चालन सँगै अध्ययन तथा भिजिट भिसाका लागि अष्ट्रेलिया, क्यानडा, यूके, आईरल्यान्ड, फिनल्यान्ड, फिलिपिन्स, र जापान लगाएत अन्य देशहरुको लागि प्रोसेसिङ गरिदिने गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए) अष्ट्रेलियाका पूर्व उपाध्यक्ष तथा भि.एक्स.एल माईग्रेशन एजुकेशन कन्सलटेन्सि ग्लोवलका डाईरेक्टर निवन पन्तले जानकारी दिए । विदेश जान चाहने इच्छुकहरुलाई निशुल्क परामर्श दिईने उनको भनाई छ ।
शुक्रवार कन्सलटेन्सिको उद्धघाटन गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए) अष्ट्रेलियाका पूर्व उपाध्यक्ष तथा भि.एक्स.एल माईग्रेशन एजुकेशन कन्सलटेन्सि ग्लोवलका डाईरेक्टर निवन पन्तले गर्ने छन् ।
पत्रकार सम्मेलनमा कन्सलटेन्सिका सञ्चालक नवराज रेग्मी, भि.एक्स.एल नेपालका प्रमुख एमडी न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।
https://ujyaalonepalnews.com/archives/29522


